राष्ट्रपति पौडेलले जारी गरे ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३’
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले थप एक अध्यादेश जारी गरेका छन्। आइतबार उनले मन्त्रिपरिषद्को सिफारिसमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३’ जारी गरेका हुन्। यो अध्यादेश नेपालको संविधानको धारा १४४ को उपधारा (१) अनुसार जारी गरिएको हो।
यसअघि पनि पछिल्ला दिनमा राष्ट्रपति कार्यालयबाट लगातार विभिन्न अध्यादेशहरू जारी हुँदै आएका छन्। शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारी पदमुक्ति र विश्वविद्यालयसम्बन्धी तीन वटा अध्यादेश जारी गरिएको थियो।
त्यसैगरी शुक्रबार सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी संशोधन अध्यादेश जारी भएको थियो। बिहीबार सहकारीसम्बन्धी पहिलो संशोधन अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी दोस्रो संशोधन अध्यादेश पनि जारी गरिएको थियो। यसरी सरकारले पछिल्ला केही दिनयता विभिन्न कानुन संशोधन गर्ने अध्यादेशहरू लगातार जारी गर्दै आएको छ।







