ट्रम्पले इरानको १४ बुँदे प्रस्ताव अस्वीकार गरे, तनाव बढ्ने संकेत

User Image Prime TV News एक महिना अगाडि
Image of ट्रम्पले इरानको १४ बुँदे प्रस्ताव अस्वीकार गरे, तनाव बढ्ने संकेत

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको १४ बुँदे शान्ति प्रस्ताव अस्वीकार गरेका छन्। उनले प्रस्ताव आफूलाई स्वीकार्य नभएको बताएका छन्।

ट्रम्पले प्रस्ताव पढे पनि आफू सन्तुष्ट नभएको भन्दै केही बुँदामा सहमत हुन नसकिने बताएका छन्। उनका अनुसार प्रस्तावले अपेक्षा पूरा गर्न सकेन।

इरानले भने युद्ध स्थायी रूपमा अन्त्य गर्न प्रस्ताव अघि सारेको थियो। उसले ३० दिनभित्र समाधान खोज्नुपर्ने र भविष्यमा आक्रमण नहुने सुनिश्चितता माग गरेको छ।

प्रस्तावमा अमेरिकी सेना फिर्ता गर्ने, आर्थिक प्रतिबन्ध हटाउने, रोकिएको सम्पत्ति फिर्ता गर्ने र होर्मुज जलमार्गको व्यवस्थापन परिवर्तन गर्ने जस्ता माग राखिएका छन्। ट्रम्पले वार्ता असफल भए सैन्य कारबाही हुन सक्ने संकेत पनि दिएका छन्।