नेपाल–ओमान खेल आज, बदला लिने लक्ष्यमा नेपाल

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाल–ओमान खेल आज, बदला लिने लक्ष्यमा नेपाल

काठमाडौ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र यूएई सम्मिलित सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९:३० बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।

यस सिरिजमा नेपालले यूएईलाई दुई पटक हराएको छ, तर ओमानसँग भने अघिल्लो खेलमा ठूलो हार बेहोरेको थियो। त्यसैले आजको खेलमा नेपाल जित निकालेर बदला लिन चाहन्छ।

अघिल्लो खेलमा नयाँ ओपनर खेलाइएका थिए, तर राम्रो प्रदर्शन हुन सकेन। आज पुराना खेलाडी फर्किन्छन् कि फेरि नयाँ संयोजन हुन्छ, त्यो टसपछि थाहा हुनेछ।

अंकतालिकामा ओमान माथिल्लो स्थानमा छ भने नेपाल पछाडि छ। यो खेल जित्नैपर्ने दबाबमा नेपाल छ । नेपाल क्रिकेट संघ (क्यान) ले दर्शक बढाउन टिकट मूल्य ४०० रुपैयाँबाट घटाएर २०० रुपैयाँ गरेको छ।