प्रधानमन्त्री बालेनलाई हर्क साम्पाङको पत्र, समस्या समाधान गर्न नसके राजीनामा दिनु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई लक्षित गर्दै खुला पत्र सार्वजनिक गरेका छन्। उनले विभिन्न राष्ट्रिय मुद्दामा सरकारको धारणा स्पष्ट पार्न सार्वजनिक रूपमा जवाफ दिन माग गरेका हुन्।
खुला पत्रमा उनले भारत र चीन मिलेर मानसरोवर जाने बाटो नेपालकै भूमिबाट खोलिएको विषयमा सरकार किन मौन रहेको भन्ने प्रश्न उठाएका छन्। साथै, सीमा सुरक्षाका लागि सेनालाई किन प्रभावकारी रूपमा परिचालन नगरिएको भनेर पनि उनले जिज्ञासा व्यक्त गरेका छन्।
त्यसैगरी, सुकुम्वासी समस्या समाधानमा सरकार असफल भएको आरोप लगाउँदै उनले यस विषयमा ठोस कदम चाल्न माग गरेका छन्। समस्या समाधान गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ छ। राईको यो खुला पत्रले सरकारको नीति तथा कार्यशैलीमाथि प्रश्न उठाउँदै राजनीतिक बहसलाई थप तातेको छ।








