‘महाराजधिराज’ फिल्मको शुभमुहूर्त बंगलामुखी मन्दिरमा

User Image Prime TV News एक महिना अगाडि
Image of ‘महाराजधिराज’ फिल्मको शुभमुहूर्त बंगलामुखी मन्दिरमा

काठमाडौ । चलचित्र ‘महाराजधिराज’ को शुभमुहूर्त मंगलबार बिहान बंगलामुखी मन्दिरमा गरिएको छ। शंख ध्वनि र पञ्चेबाजासहित गरिएको शुभमुहूर्त कार्यक्रममा चलचित्रका निर्देशक तथा मुख्य कलाकारहरूको उपस्थिति रहेको थियो।

चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्दैछन्। चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी लगायत कलाकारको अभिनय रहनेछ। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन वैशाख २५ गते सुनसरीबाट सुरु हुनेछ। पहिलो चरणको छायांकन सुनसरीको श्रीलंका टापुमा करिब एक हप्ता चल्नेछ।

त्यसपछि बाँकी छायांकन काठमाडौं, भक्तपुर र कीर्तिपुरमा करिब ७० दिनसम्म गरिनेछ। ‘महाराजधिराज’ छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुँदैछ। चलचित्रका प्रस्तुतकर्ता विराज विष्ट हुन् भने निर्देशक सेनले नै यसको लेखन पनि गरेका छन्। निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्।