संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २८ गते
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन बोलाउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार यही वैशाख २८ गते दिउँसो २ बजे संसद्को बैठक बोलाउन रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएको छ।
अब राष्ट्रपतिले सिफारिस स्वीकृत गरेपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको अधिवेशन सुरु हुनेछ।







