खुर्कोट–भकुन्डेबेंसी सडकखण्डमा राति सवारी चलाउन रोक

User Image Prime TV News एक महिना अगाडि
Image of खुर्कोट–भकुन्डेबेंसी सडकखण्डमा राति सवारी चलाउन रोक

काभ्रे । बीपी राजमार्ग अन्तर्गत पर्ने खुर्कोट–भकुन्डेबेंसी सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको हो।

प्रशासनका अनुसार लगातारको वर्षा र रोशी खोलामा आउन सक्ने बाढीका कारण जोखिम बढेकाले यस्तो निर्णय गरिएको हो। मौसमको अवस्था हेरेर आवश्यक परे अन्य समयमा पनि केही समयका लागि सडक बन्द गर्न सकिने चेतावनी दिइएको छ।

यात्रुहरूलाई कटुन्जेबेंसी–नेपालथोक सडकखण्डमा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र हिँड्न आग्रह गरिएको छ। यसअघि सोमबार राति रोशी खोलामा आएको अचानक बाढीका कारण एक माइक्रोबससहित ८९ जना यात्रु बीचमै फसेका थिए। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी को संयुक्त टोलीले उनीहरूको सकुशल उद्धार गरेको थियो।

प्रशासनले वर्षायाममा यात्रा गर्दा विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।