सहकारी बचतकर्ताको पैसा जेठदेखि फिर्ता सुरु हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठको पहिलो सातादेखि फिर्ता गर्न सुरु गर्ने भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले वैशाख ९ गतेदेखि विवरण सङ्कलनको काम थालेको थियो। सोही आधारमा अब बचतकर्तालाई रकम फिर्ता गर्ने तयारी गरिएको हो।
समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने छ। तीमध्ये धेरैजसो साना बचतकर्ता रहेका छन्। पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेलाई साना बचतकर्ता र त्यसभन्दा बढी बचत गर्नेलाई ठूला बचतकर्ताका रूपमा छुट्याइएको छ। करिब १८ हजार जनाले पाँच लाखभन्दा बढी रकम बचत गरेको समितिले जनाएको छ।
सरकारले पहिले साना बचतकर्तालाई प्राथमिकतामा राखेर पैसा फिर्ता गर्ने बताएको छ। रविन समितिका सदस्यसचिव ढकालका अनुसार रकम फिर्ता गर्ने काम जेठको पहिलो साताबाट सुरु हुनेछ। छुटेका बचतकर्ताले साउनको पहिलो सातामा पुनः निवेदन दिन पाउनेछन्।
सरकारले आवश्यक परे कोषबाट रकम व्यवस्थापन गरेर पनि बचत फिर्ता प्रक्रिया अघि बढाउने जनाएको छ।







