मधेश प्रदेश सरकारमा फेरि संकट, नेकपाले समर्थन फिर्ता लिने तयारी
Prime TV News एक महिना अगाडि 
जनकपुर । मधेश प्रदेश सरकारमा फेरि राजनीतिक संकट देखिएको छ। सत्तारुढ गठबन्धनमा सहभागी नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।
नेकपा उच्च स्रोतका अनुसार गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमालेले आफूहरूलाई दबाबमा राख्ने प्रयास गरेको निष्कर्ष निकाल्दै समर्थन फिर्ता गर्ने निर्णयमा पुगेको हो। पार्टीका नेताहरूले केहीबेरमै प्रदेश प्रमुखलाई भेटेर समर्थन फिर्तासम्बन्धी औपचारिक पत्र बुझाउने तयारी गरेका छन्।
केही समयअघि मात्रै जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीलाई बाहिर राख्दै नेपाली कांग्रेस, एमाले र नेकपाबीच नयाँ गठबन्धन बनेको थियो। तर नयाँ समीकरण बनेको केही दिनमै फेरि अस्थिरता देखिएको छ।
समर्थन फिर्ता भएपछि मधेश प्रदेश सरकारको सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ।







