ट्रम्पले भने– ‘इरानसँग हतारमा सम्झौता हुँदैन’

User Image Prime TV News १ हप्ता अगाडि
Image of ट्रम्पले भने– ‘इरानसँग हतारमा सम्झौता हुँदैन’

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई इरानसँग हतारमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका छन्। उनले समय अमेरिकाको पक्षमा रहेको भन्दै सम्झौता सोचेर र सही तरिकाले गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले इरानले परमाणु हतियार बनाउन वा प्राप्त गर्न नपाउने कुरा स्पष्ट हुनुपर्ने पनि बताएका छन्। उता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको परमाणु खतरा अन्त्य गर्नुपर्ने बताएका छन्। उनले यस विषयमा ट्रम्पसँग फोनमा कुराकानी भएको जानकारी दिएका छन्।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको वार्तामा राम्रो प्रगति भएको बताएका थिए। उनले छिट्टै महत्वपूर्ण घोषणा हुन सक्ने संकेतसमेत गरेका छन्।

रुबियोले होर्मुज जलघाँटी सम्बन्धी विषयमा पनि सकारात्मक समाचार आउन सक्ने बताएका छन्।