बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाए
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सोमबार दिउँसो ३:३० बजे बस्ने गरी तय गरिएको हो।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा सरकारका नियमित प्रशासनिक कामदेखि लिएर विभिन्न नीतिगत तथा समसामयिक विषयमा निर्णय हुने अपेक्षा गरिएको छ। तर बैठकको विस्तृत कार्यसूची सार्वजनिक गरिएको छैन।
सरकारका पछिल्ला निर्णयहरू र आगामी योजनाबारे छलफल हुने अनुमान गरिएको छ।







