प्रतिनिधिसभा बैठक आज, विभिन्न विधेयकमाथि छलफल हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल र निर्णय गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
त्यस्तै प्रधानमन्त्री बालेन शाहका तर्फबाट सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेश गर्ने सम्भावना छ।
साथै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि पनि छलफल हुने कार्यसूची रहेको छ।
ती विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेश गरिने संसद् सचिवालयले जनाएको छ।







