बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ। यसका लागि प्रदेशसभाको बैठक साँझ ५ बजे बस्ने तय गरिएको छ।
बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। प्रदेशसभा सचिवालयले सबै सांसदलाई औपचारिक पोसाकमा बैठक सुरु हुनुभन्दा १५ मिनेटअघि उपस्थित हुन निर्देशन दिएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले कार्यक्रमलाई गरिबमुखी, नागरिकमैत्री र उपलब्धिमूलक बनाइएको बताएका छन्। उनका अनुसार कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशीलता, दिगो विकास तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको हो।
विपक्षी दलका सुझावसमेत समेटिएको मुख्यमन्त्री बानियाँले बताएका छन्।







