संविधान संशोधनका लागि सर्वपक्षीय आयोग गठन गर्न कांग्रेसको प्रस्ताव
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले संविधान संशोधन प्रक्रियालाई व्यापक राष्ट्रिय सहमतिमा आधारित बनाउन सर्वपक्षीय आयोग गठन गर्नुपर्ने माग गरेको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले संविधान संशोधन सरकारी कार्यदलको सीमित दायराभित्र मात्र राख्न नहुने बताएका हुन्। उनले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधानविद्, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरू समेटिएको शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार सो आयोगमार्फत गोलमेच सम्मेलन गरी राष्ट्रिय सहमति निर्माण गर्न सकिन्छ। सांसद केसीले सत्तापक्षीय छलफलले मात्र संविधान संशोधनको वैधता र जनविश्वास सुनिश्चित गर्न नसक्ने भन्दै बृहत् राष्ट्रिय संवाद अपरिहार्य रहेको धारणा राखे।







