पर्सा जिल्ला अदालतको आदेशपछि दुर्गा प्रसाई साधारण तारेखमा रिहा

User Image Prime TV News १ हप्ता अगाडि
Image of पर्सा जिल्ला अदालतको आदेशपछि दुर्गा प्रसाई साधारण तारेखमा रिहा

वीरगंज। पर्सा जिल्ला अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई थुनामा नराखी तारेखमा राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको हो। प्रसाईलाई जेठ ४ गते वीरगन्ज स्थित दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको थियो। अनुसन्धानका क्रममा सामाजिक सञ्जाल तथा युट्युबमार्फत आपत्तिजनक अभिव्यक्ति दिएको, राज्यका निकायप्रति होच्याउने टिप्पणी गरेको तथा विभिन्न व्यक्तिहरूलाई लक्षित आरोप लगाएको आरोप लगाइएको थियो।

अदालतको आदेशपछि दुर्गा प्रसाई साधारण तारेखमा रिहा भएका छन्। मुद्दाको सुनुवाइ अब तारेखमै अघि बढ्नेछ।