फिफा विश्वकप २०२६ का लागि पानामाको अन्तिम टोली घोषणा

User Image Prime TV News एक महिना अगाडि
Image of फिफा विश्वकप २०२६ का लागि पानामाको अन्तिम टोली घोषणा

काठमाडौ । पानामा राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। टोलीको घोषणा मुख्य प्रशिक्षक थोमस क्रिस्टियनसेनले गरेका हुन्।

सन् २०१८ पछि पहिलो पटक विश्वकपमा पुगेको पानामाले यसपटक अनुभवी र युवा खेलाडीको मिश्रणसहित टोली तयार पारेको छ। टोलीमा नर्विच सिटीका डिफेन्डर जोस कर्डोबा पनि समावेश छन्।

पानामाले समूह चरणमा घाना, क्रोएशिया र इंग्ल्यान्डसँग खेल्नेछ। पहिलो खेल जुन १७ मा घानाविरुद्ध हुनेछ। त्यसपछि जुन २३ मा क्रोएशिया र जुन २७ मा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । पानामाले रक्षा, मिडफिल्ड र आक्रमण सबै विभागमा सन्तुलित टोली बनाएको बताइएको छ। विश्वकपमा राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली मैदानमा उत्रिनेछ।