आज सार्वजनिक हुँदै नयाँ बजेट, अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
यो राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारका तर्फबाट आउने पहिलो बजेट हो । अर्थमन्त्री वाग्लेले पनि पहिलोपटक बजेट प्रस्तुत गर्न लागेका हुन् ।
अर्थ मन्त्रालयका अनुसार बजेट तयार गर्दा सरकारको १०० बुँदे योजना, पार्टीको चुनावी प्रतिबद्धता र विकासका प्राथमिकतालाई आधार बनाइएको छ ।
सरकारले यसपटकको बजेटलाई पारदर्शी, व्यवस्थित र परिणाम देखिने बनाउने दाबी गरेको छ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा तय गरेको छ ।
नयाँ संविधान लागू भएपछि हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने व्यवस्था छ । त्यसअनुसार आज संसद्मा बजेट प्रस्तुत हुन लागेको हो ।







