पश्चिमी वायुको प्रभाव : आज देशभर वर्षाको सम्भावना
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । देशका धेरै स्थानमा आज वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय प्रणालीका कारण मौसम बदली भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका धेरै पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ । केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । कोसी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
मौसम विभागले केही क्षेत्रमा हावाहुरीको सम्भावना पनि रहेको जनाएको छ । विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।
केही दिनदेखि अत्यधिक गर्मी भइरहेको क्षेत्रमा पनि अब तापक्रम घट्ने अनुमान गरिएको छ । मौसमविद्का अनुसार आगामी केही दिन देशभर मौसम शीतल रहने सम्भावना छ । आज राति पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने मौसम विभागले जनाएको छ ।







