अर्जेन्टिनाले विश्वकप २०२६ का लागि मेस्सीको नेतृत्वमा २६ सदस्यीय टोली घोषणा

User Image Prime TV News १ हप्ता अगाडि
Image of अर्जेन्टिनाले विश्वकप २०२६ का लागि मेस्सीको नेतृत्वमा २६ सदस्यीय टोली घोषणा

काठमाडौ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ का लागि लियोनेल मेस्सीको नेतृत्वमा २६ सदस्यीय टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले स्सीको नेतृत्वमा टोली घोषणा गरेका हुन् । 

यस पटक पनि टोलीको मुख्य जिम्मेवारी मेस्सीकै काँधमा रहनेछ। टोलीमा गोल्डेन ग्लोभ विजेता गोलकिपर एमिलियानो मार्टिनेज, रक्षक क्रिस्टियन रोमेरो, मिडफिल्डर रोड्रिगो डे पउल र फरवार्ड लाउटारो मार्टिनेज जस्ता स्थापित स्टार समेटिएका छन्। टोलीमा केही युवा प्रतिभालाई पनि अवसर दिइएको छ।

अर्जेन्टिनी टोली:

गोलकिपर: एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, जुआन मुसो।

डिफेन्डर: लियोनार्डो बालेर्डी, निकोलस टागलियाफिको, गोन्जालो मोन्टिएल, लिसान्ड्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना।

मिडफिल्डर: लियान्द्रो पारेडेस, रोड्रिगो डे पउल, भ्यालेन्टिन बार्को, जिओभानी लो सेल्सो, एजेक्वेल पालासिओस, एलेक्सिस म्याक एलिस्टार, एन्जो फर्नान्डेज ।

फरवार्ड: जुलियन अल्भारेज, लियोनेल मेस्सी, निको गोन्जालेज, थियागो अल्माडा, जिउलियानो सिमिओनी , निको पाज , जोसे म्यानुएल लोपेज, लाउटारो मार्टिने ।