सुनको मूल्य बढ्यो, चाँदी सस्तो

User Image Prime TV News १ हप्ता अगाडि
Image of सुनको मूल्य बढ्यो, चाँदी सस्तो

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य २ लाख ८५ हजार रुपैयाँ थियो। यसअनुसार आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो।

यस्तै, चाँदीको मूल्य भने घटेको छ। बिहीबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ। चाँदीको भाउ प्रतितोला १ सय ७५ रुपैयाँले घटेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ५ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।