अस्वस्थ भएपछि प्रचण्ड गणतन्त्र दिवस कार्यक्रममा गएनन्

User Image Prime TV News एक महिना अगाडि
Image of अस्वस्थ भएपछि प्रचण्ड गणतन्त्र दिवस कार्यक्रममा गएनन्

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल अस्वस्थ भएका छन्।

ज्वरो आएपछि उनी शुक्रबार टुँडीखेलमा आयोजित गणतन्त्र दिवसको मुख्य कार्यक्रममा सहभागी भएनन्। प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनलाई बिहीबारदेखि नै स्वास्थ्य समस्या देखिएको थियो।

राति ज्वरो आएपछि डाक्टरले आराम गर्न सुझाव दिएका छन्। ‘उहाँ अहिले निवासमै आराम गरिरहनुभएको छ,’ आचार्यले जानकारी दिए।