राप्रपाले ३६औँ स्थापना दिवस मनायो

User Image Prime TV News १ हप्ता अगाडि
Image of राप्रपाले ३६औँ स्थापना दिवस मनायो

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो ३६औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।

पार्टीले काठमाडौंको चाबहिलस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा झन्डोत्तोलन गरिएको थियो। सो अवसरमा नेता, कार्यकर्ता र शुभेच्छुकहरूले एकअर्कालाई शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रममा ठूलो संख्यामा सहभागीहरूको उपस्थिति रहेको थियो।

पार्टीका नेताहरूले संगठन सुदृढीकरण, आगामी कार्यदिशा र पार्टी विस्तारका विषयमा पनि छलफल गरेका थिए।