बजेटलाई अन्तिम रूप दिन मन्त्रिपरिषद्को बैठक बस्दै

User Image Prime TV News १ हप्ता अगाडि
Image of बजेटलाई अन्तिम रूप दिन मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौ । सरकारले आज आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ।

बजेट प्रस्तुत गर्नुअघि दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बस्नेछ। सो बैठकले बजेटलाई अन्तिम रूप दिएर स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्रीले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

संविधान अनुसार सरकारले हरेक वर्ष जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।