मधेस प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत (पूर्णपाठ)

User Image Prime TV News १ हप्ता अगाडि
Image of मधेस प्रदेशको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत (पूर्णपाठ)

जनकपुर । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको छ। शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारले यस वर्ष २७ पृष्ठको नीति तथा कार्यक्रम तयार पारेको छ। यसमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको छ। प्रदेश सरकारले ‘मेड इन मधेस, समृद्ध प्रदेश’ र ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ भन्ने नारालाई अघि सार्दै उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएको छ।

त्यस्तै ‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै मखानको उत्पादन, प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने योजना सरकारले ल्याएको छ। यसबाट मधेसको कृषि उत्पादनलाई बजारमा अझ राम्रो रूपमा पुर्‍याउने लक्ष्य राखिएको छ।

सरकारले ‘कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’ भन्ने नारा पनि अघि सारेको छ। यसअन्तर्गत प्रांगारिक मलको प्रयोग बढाउने, रासायनिक विषादीको प्रयोग घटाउने र माटो परीक्षणलाई विस्तार गर्ने नीति लिइएको छ। नीति तथा कार्यक्रममार्फत सरकारले कृषि क्षेत्रको विकास गर्दै किसानको जीवनस्तर सुधार्ने लक्ष्य लिएको छ।