न्यूनतम कर लाग्ने आयको सीमा दोब्बर बढाइयो

User Image Prime TV News १ हप्ता अगाडि
Image of न्यूनतम कर लाग्ने आयको सीमा दोब्बर बढाइयो

काठमाडौ । सरकारले न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। यसअघि न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा ५ लाख रुपैयाँ रहेको थियो। सरकारले अब त्यसलाई बढाएर १० लाख रुपैयाँ बनाएको छ।

सरकारका अनुसार कर प्रणालीलाई थप सहज बनाउन र सर्वसाधारणलाई राहत दिने उद्देश्यले यो व्यवस्था गरिएको हो। यो नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू हुनेछ।