भन्सार दर घटाइयो, ३६० वस्तुको अन्तःशुल्क हटाइने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले भन्सार दरलाई घटाएर सरल बनाउने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसदमा बजेट प्रस्तुत गर्दै ११ तहमा रहेको भन्सार दरलाई अब ७ तहमा सीमित गरिएको जानकारी दिएका हुन्। सरकारले कर प्रणालीलाई सहज र व्यवस्थित बनाउन यस्तो निर्णय लिएको जनाएको छ।
यसैगरी सरकारले ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशुल्क पनि हटाउने घोषणा गरेको छ। अर्थमन्त्री वाग्लेले करलाई दण्डको रूपमा नभई विकासको साझेदारीको रूपमा लिइने बताएका छन्। उनले देश अहिले आर्थिक सुधारको महत्वपूर्ण चरणमा रहेको भन्दै बजेटमार्फत आर्थिक गतिविधि बढाउने र चुनौतीलाई अवसरमा बदल्ने प्रयास गरिएको बताए।







