बजेटमा जनताको जीवनस्तर सुधारलाई प्राथमिकता
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जनताको जीवनस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेको छ।
शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिकको जीवन सहज र राम्रो बनाउने लक्ष्यसहित बजेट ल्याइएको बताए। उनले बजेटलाई केवल औपचारिक प्रक्रिया मात्र नभई देशको शासन व्यवस्था र अर्थतन्त्रको दिशा तय गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा लिएको बताएका छन्।
अर्थमन्त्री वाग्लेले स्वदेश तथा विदेशमा रहेका नेपालीले उत्पादनमुखी अर्थतन्त्रको अपेक्षा गरेको उल्लेख गरे। उनले सरकारले उत्पादन, रोजगारी र आर्थिक गतिविधि बढाउने योजनालाई प्राथमिकतामा राखेको जानकारी दिए।
सरकारले बजेटमार्फत नागरिकको आय वृद्धि, आर्थिक सुधार र जीवनस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ।







