आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य

User Image Prime TV News १ हप्ता अगाडि
Image of आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य

काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै आगामी वर्ष अर्थतन्त्रलाई चलायमान बनाउने र आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिइएको बताएका हुन्।

चालु आर्थिक वर्ष २०८२/८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। सरकारले आगामी वर्ष मूल्यवृद्धिदर ६ प्रतिशतभन्दा कम कायम गर्ने लक्ष्य पनि लिएको छ। आगामी आर्थिक वर्षका लागि सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट ल्याएको छ।

यसमध्ये १२ खर्ब ७० अर्ब रुपैयाँ चालु खर्च, ४ खर्ब ३१ अर्ब रुपैयाँ पूँजीगत खर्च र ४ खर्ब २२ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ। सरकारले उत्पादन, लगानी, उद्योग र रोजगारी वृद्धि गर्दै अर्थतन्त्र सुधार गर्ने उद्देश्यसहित बजेट ल्याएको जनाएको छ।