सरकारले कर्मचारीको तलब बढायो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले कर्मचारीको तलब बढाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार बजेट प्रस्तुत गर्दै कर्मचारीको सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको जानकारी दिएका हुन्।
पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा सरकारले महँगी भत्ता कायम राख्दै तलब बढाएको हो। सरकारले कार्यसम्पादनका आधारमा अतिरिक्त सुविधा दिने व्यवस्था पनि गरेको छ। नयाँ तलबमानअनुसार मासिक १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरिएको छ।
यस व्यवस्थापछि कर्मचारीले अहिले पाइरहेको तलबभन्दा करिब २१ प्रतिशत बढी पारिश्रमिक पाउने सरकारको भनाइ छ। अर्थमन्त्रीका अनुसार ग्रेडसहित न्यूनतम तलब अब करिब ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा माथिसम्म पुग्नेछ।







