मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि कर दायरामा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले मदिरा र चुरोटमा लाग्ने कर वृद्धि गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कर बढाइएको घोषणा गरेका हुन्। सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म कर वृद्धि गरेको छ भने मदिरा र बियरमा लाग्ने अन्तःशुल्क पनि बढाइएको छ।
त्यस्तै, आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगका रूपमा दर्ता गरी अन्तःशुल्कको दायरामा ल्याइने भएको छ। सरकारले कर प्रणालीलाई व्यवस्थित बनाउन र राजस्व वृद्धि गर्न यस्तो निर्णय गरिएको जनाएको छ।







