बजेट जनताको पक्षमा नभएको एमालेको आरोप
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेले सरकारले ल्याएको बजेट अपरिपक्व र जनताको हितमा नभएको जनाएको छ।
सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकपछि प्रमुख सचेतक ऐन महर ले बजेटले गरिब र तल्लो वर्गका नागरिकलाई समेट्न नसकेको बताएका हुन्।
उनले दुईतिहाइ बहुमतको सरकारबाट परिवर्तनकारी बजेटको अपेक्षा गरिए पनि त्यसअनुसारको बजेट नआएको टिप्पणी गरे। बजेट कार्यान्वयनका लागि आवश्यक स्रोतको स्पष्ट व्यवस्था पनि नभएको एमालेको भनाइ छ।
एमालेले प्रतिनिधिसभाको नियम १४० सम्बन्धी विषयमा पनि आपत्ति जनाएको छ। सत्ता पक्षले संविधान संशोधनको भावना विपरीत नियम अघि बढाउन खोजेको आरोप एमालेले लगाएको छ।
महरले एमालेले उक्त विषयको संसदमा प्रतिरोध गर्ने चेतावनी दिएका छन्। बैठकमा राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक गरेको प्रतिवेदनमाथि पनि छलफल गरिएको एमालेले जनाएको छ।







