श्रम स्वीकृति लिएपछि मात्र विमानस्थल जान अध्यागमनको आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of श्रम स्वीकृति लिएपछि मात्र विमानस्थल जान अध्यागमनको आग्रह

काठमाडौ । अध्यागमन विभागले श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीका लागि विदेश जान खोज्ने नेपालीको संख्या बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ।

विभागका अनुसार केही श्रमिकले वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिका लागि आवेदन दिएपछि प्रक्रिया पूरा भएको ठानेर विमानस्थल पुग्ने गरेका छन्। तर स्वीकृति प्राप्त नभएसम्म विदेश जान अनुमति नदिइने विभागले स्पष्ट पारेको छ।

विज्ञप्तिमार्फत विभागले श्रमिक भिसामा विदेश यात्रा गर्ने सबै नेपालीलाई श्रम स्वीकृति जारी भएको यकिन गर्न आग्रह गरेको छ। आवश्यक स्वीकृति बिना विमानस्थल पुग्दा यात्रुहरूलाई अनावश्यक दुःख, समयको नोक्सानी तथा फर्किनुपर्ने अवस्था आउने गरेको विभागको भनाइ छ।

अध्यागमन विभागले विदेश प्रस्थानअघि सम्बन्धित सबै प्रक्रिया पूरा गरेर श्रम स्वीकृति प्राप्त गरेपछि मात्र यात्रा गर्न सबैलाई अनुरोध गरेको छ।