अमेरिकी उपविदेशमन्त्री सारा रोजर्स काठमाडौंमा
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । अमेरिकी विदेश मन्त्रालयकी उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आएकी छन्।
काठमाडौं आइपुगेकी रोजर्स अहिले होटल अलाफ्टमा जारी एसेन्ट समिटमा सहभागी छिन्। उनी कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएकी छन्। नेपालमा नयाँ सरकार गठन भएपछि भ्रमणमा आउने उनी हालसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ रहेको बताइएको छ।
उनको भ्रमणका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा विभिन्न भेटघाट र छलफल हुने अपेक्षा गरिएको छ।







