प्रचण्डको स्वास्थ्यमा सुधार, चिकित्सकले भोलि डिस्चार्ज हुन सक्ने

User Image Prime TV News ५ दिन अगाडि
Image of प्रचण्डको स्वास्थ्यमा सुधार, चिकित्सकले भोलि डिस्चार्ज हुन सक्ने

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकहरूले अवस्था स्थिर र सुधारोन्मुख रहेको बताएका छन्।

मेडिसिटी अस्पतालमा उपचाररत प्रचण्डलाई केही दिनदेखि ज्वरो आएपछि परीक्षण गर्दा ‘माइल्ड निमोनिया’ देखिएको थियो। त्यसपछि चिकित्सकको सल्लाहअनुसार उनलाई शनिबार बिहान अस्पताल भर्ना गरिएको हो।

चिकित्सकका अनुसार स्वास्थ्यमा निरन्तर सुधार भइरहेको छ र अवस्था यस्तै रहेमा उनलाई भोलि नै डिस्चार्ज गर्न सकिने सम्भावना रहेको छ। पार्टीका नेता तथा निकटस्थहरूले पनि उनको स्वास्थ्य सुधार भइरहेको जानकारी दिएका छन्। उनी केही दिनदेखि अस्वस्थ भए पनि उपचारपछि क्रमिक रूपमा ठिक हुँदै गएको बताइएको छ।

अस्वस्थताका कारण उनी पछिल्ला पार्टी गतिविधि र संसद बैठकमा समेत उपस्थित हुन सकेका थिएनन्।