सभामुखको भनाइ रेकर्डबाट हटाउन एमालेको माग

User Image Prime TV News ५ दिन अगाडि
Image of सभामुखको भनाइ रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौ । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ।

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सभामुखले नियमावलीको गलत व्याख्या गरेको भन्दै आपत्ति जनाएका हुन्। उनका अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तीन दिन अगाडि प्रश्न बुझाउनुपर्ने व्यवस्था रहेको विषयमा सभामुखको भनाइ गलत भएको दाबी गरिएको छ।

आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। सो क्रममा प्रश्न सोध्ने प्रक्रियाबारे विपक्षी दलहरूले नियमावलीको व्यवस्था उठाएका थिए। तर सभामुख अर्यालले तीन दिन अगाडि प्रश्न बुझाउनुपर्ने प्रावधान नरहेको बताएपछि एमालेले उक्त भनाइ रेकर्डबाट हटाउन माग गरेको हो।