नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसले माग्यो स्पष्टता
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्रै होइन, नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए। त्यसपछि कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतको सीमा कहाँ मिचेको हो भन्ने स्पष्ट जानकारी माग गरेकी छन्।
उनले यदि त्यस्तो घटना नभएको भए प्रधानमन्त्रीको भनाइ संसदीय रेकर्डबाट हटाउनुपर्ने पनि माग गरेकी छन्। यस विषयमा संसदमा थप बहस भइरहेको छ।







