संसदमा तनाव, विरोधबीच प्रतिनिधिसभा नियमावली प्रतिवेदन पारित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभा बैठकमा आइतबार राति सत्तापक्ष र विपक्षीबीच चर्को विवाद भएको छ।
विपक्षी दलका सांसदहरूले नाराबाजी र विरोध गरिरहेकै अवस्थामा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गरिएको हो।
सभामुख डीपी अर्यालले बैठक सञ्चालन गरिरहँदा विपक्षी सांसदहरूले टेबुल फाल्दै विरोध गरेका थिए। उनीहरूले सभामुखको राजीनामासमेत माग गरेका थिए।
मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रस्ताव पेश गर्ने क्रममा विपक्षी सांसदहरू रोष्ट्रमतर्फ पुगेका थिए। नेकपा एमालेका सांसदहरू वेल घेराउ गर्न पुगेपछि मर्यादापालकले रोकेको थियो।
विरोध र होहल्लाकै बीच सभामुखले प्रतिवेदन पारित भएको घोषणा गरेका हुन्।







