प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेको माइतीघरमा प्रदर्शन

User Image Prime TV News ४ दिन अगाडि
Image of प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेको माइतीघरमा प्रदर्शन

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको विरोधमा नेकपा एमालेले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरूले “राष्ट्रियता हराएको प्रधानमन्त्री मुर्दावाद”, “कालापानी र लिपुलेक हाम्रै हो” र “राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर” जस्ता नारा लगाएका थिए। प्रधानमन्त्री शाहले आइतबार संसदमा बोल्दै नेपालले पनि भारतको केही स्थानमा भूमि मिचेको कुरा आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए। यही भनाइलाई लिएर एमालेले आपत्ति जनाएको हो।

एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गलत र राष्ट्रहितविपरीत भएको आरोप लगाएको छ। यस विषयमा संसद र सडक दुवैमा विरोध र बहस जारी छ।