करुणा कटुवाललाई नेविसंघको नेतृत्व

User Image Prime TV News एक महिना अगाडि
Image of करुणा कटुवाललाई नेविसंघको नेतृत्व

काठमाडौ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन्।

नेपाली कांग्रेसका सभापति गगन थापाले सोमबार कटुवाललाई अध्यक्षमा नियुक्त गरेका हुन्। कांग्रेसले पार्टी विधानअनुसार नेविसंघको अघिल्लो कार्यसमितिको म्याद सकिएपछि नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार कटुवाललाई संगठनको नेतृत्व गर्दै महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। नयाँ अध्यक्ष नियुक्त भएसँगै नेविसंघमा महाधिवेशनको तयारीले गति लिने अपेक्षा गरिएको छ।

पार्टीले विद्यार्थी संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ। कटुवालको नियुक्तिसँगै नेविसंघको आगामी नेतृत्व चयन प्रक्रिया र संगठन विस्तारका काम अगाडि बढ्नेछन्।