सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पा सम्मानित

User Image Prime TV News एक महिना अगाडि
Image of सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पा सम्मानित

काठमाडौ । संघीय संसदको झण्डा लिएर सगरमाथा आरोहण गरेका सांसद मिङमा ग्याबु शेर्पा सम्मानित भएका छन्।

संघीय संसद् सचिवालयले उनलाई आज सिंहदरबारमा एक कार्यक्रमबीच सम्मान गरेको हो। उनले सगरमाथाको चुचुरोमा संसद् सचिवालयको झण्डा र लोगो पुर्‍याएका थिए। कार्यक्रममा सभामुख डीपी अर्याल, उपसभामुख रुबी कुमारी ठाकुर र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्मान गरे।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद हुन्। उनले सगरमाथाको १० औँ पटक सफल आरोहण गरेको पनि कार्यक्रममा जानकारी गराएका छन्।