एमालेले संसदीय समिति बैठक बहिष्कार गर्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले बुधबार संसदीय समितिका बैठक बहिष्कार गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमाले सांसदहरू बैठकमा सहभागी नभएका हुन्।
एमालेले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बहिष्कार गरेको हो। एमाले सांसद गुरु बरालले संसद्मा विरोध जारी रहेकाले समिति बैठकमा पनि सहभागी नहुने बताए। उनले सदनको विवाद समाधान नभएसम्म बहिष्कार जारी रहने संकेत गरे।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपसमिति गठन र आन्तरिक कार्यविधि पारित गर्ने कार्यसूची रहेको थियो। त्यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधिबारे छलफल गर्ने तयारी गरिएको थियो।
एमालेको अनुपस्थितिका कारण दुवै समितिका बैठक प्रभावित भएका छन्।







