राप्रपाको वैधानिकता सकिएको छैन : प्रवक्ता श्रेष्ठ

User Image Prime TV News एक दिन अगाडि
Image of राप्रपाको वैधानिकता सकिएको छैन : प्रवक्ता श्रेष्ठ

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पार्टीको वैधानिकता सकिएको भन्ने दाबी गलत भएको बताएका छन्।

पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाले राप्रपाले आफ्नो वैधानिक हैसियत गुमाएको भन्दै नयाँ पार्टी बनाउने तयारी भइरहेको बताएका थिए। त्यसपछि प्रवक्ता श्रेष्ठले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका हुन्।

श्रेष्ठले राप्रपाको वैधानिकता अझै कायम रहेको र यसबारे भ्रममा पर्न नहुने बताएका छन्। उनले निर्वाचन कानुन, दलीय व्यवस्था र विगतका अनुभवले पनि राप्रपाको वैधानिक हैसियत सुरक्षित रहेको देखाउने उल्लेख गरेका छन्।

उनले आरोप लगाउँदा भविष्यमा फर्केर आउने बाटो पनि खुला राख्नुपर्ने भन्दै राणाप्रति संकेत गरेका छन्। राणा र श्रेष्ठका फरक–फरक अभिव्यक्तिपछि राप्रपाभित्रको आन्तरिक विवाद फेरि चर्चामा आएको छ।