भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो

User Image Prime TV News एक दिन अगाडि
Image of भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

हिजो भएको भेटवार्ताका क्रममा लामिछानेले मोदीलाई नेपाल आउन आग्रह गरेको भ्रमण टोलीका एक सदस्यले बताएका छन्। सो क्रममा प्रधानमन्त्री मोदीले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको र चाँडै नेपाल आउने संकेत दिएको बताइएको छ।

भ्रमण दलका सदस्यका अनुसार मोदी नेपाल भ्रमण गर्न तयार भएमा नेपाल सरकारको तर्फबाट औपचारिक निमन्त्रणा पठाइने विषयमा छलफल हुने सम्भावना छ। यसअघि पनि भारतीय पक्षबाट नेपाल भ्रमणको निम्तो आउने विषयहरू उठ्दै आएका थिए। तर भ्रमणको ठोस मिति भने तय भएको छैन।

नेपाल र भारतबीच उच्चस्तरीय भ्रमणको परम्परा लामो समयदेखि रहँदै आएको छ। प्रधानमन्त्री बनेपछि भारतीय प्रधानमन्त्री मोदीले यसअघि चार पटक नेपाल भ्रमण गरिसकेका छन् । हालको निमन्त्रणापछि मोदीको सम्भावित नेपाल भ्रमणबारे दुवै देशमा चासो बढेको छ। तर भ्रमणको औपचारिक तयारी भने अझै टुंगो लागेको छैन।