टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

User Image Prime TV News एक दिन अगाडि
Image of टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

काठमाडौ । टिकटक मार्फत चर्चित बनेकी तुलसा अधिकारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दाको अनुसन्धान र सुनुवाइ अगाडि बढाउन आदेश दिएको हो।

आदेशपछि उनलाई नख्खु कारागार पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। तुलसा अधिकारीसहित १० जनाविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ। यो मुद्दा नेपाल सरकार वादी बनेर अघि बढाइएको हो।

उनीमाथि ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप छ। साथै, करिब २१ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाइएको छ। प्रहरीका अनुसार अधिकारी २०८२ भदौदेखि फरार थिइन्। उनी चीन हुँदै थाइल्यान्ड पुगेपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन्।

अब उनीमाथिको मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामै राखेर कानुनी प्रक्रिया अघि बढाइनेछ।