धवलशमशेर राणाले नयाँ पार्टी बनाउने घोषणा

User Image Prime TV News एक दिन अगाडि
Image of धवलशमशेर राणाले नयाँ पार्टी बनाउने घोषणा

काठमाडौ । राप्रपाका पूर्वमहामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी बनाउने निर्णय सार्वजनिक गरेका हुन्। यसअघि राणाले राप्रपा छोडेको घोषणा गरेका थिए। राणासँगै राप्रपाका केही नेता तथा कार्यकर्ताले पनि पार्टी परित्याग गरी नयाँ राजनीतिक अभियानमा सहभागी भएको बताएका छन्।

उनले राष्ट्रवादी विचार बोकेका शक्तिहरूलाई एक ठाउँमा ल्याएर नयाँ राजनीतिक विकल्प तयार गर्ने उद्देश्य रहेको बताए। पछिल्लो समय राप्रपा नेतृत्वसँग मतभेद बढेपछि राणाले पार्टी छोड्ने निर्णय गरेका थिए। उनको नयाँ पार्टी घोषणासँगै राप्रपाको आन्तरिक राजनीतिमा नयाँ चर्चा सुरु भएको छ।

नयाँ पार्टीको नाम, संगठन र आगामी योजनाबारे भने थप विवरण सार्वजनिक गरिएको छैन।