जनतासँगको सम्बन्ध फेरि बलियो बनाउन सकिन्छ : शंकर पोखरेल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका चुनौतीहरू सामना गरेर समाधान गर्न सकिने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचन परिणामले जनतासँग पार्टीको सम्बन्ध केही कमजोर भएको देखिए पनि त्यसलाई पुनः मजबुत बनाउन सकिने बताए। पोखरेलले पार्टीभित्र आत्मसमीक्षा, कमजोरी स्वीकार गर्ने संस्कार, एकता र अनुशासन आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले यस्ता काम संस्थागत र विधिसम्मत प्रक्रियामार्फत मात्रै सफल हुने बताएका छन्। उनका अनुसार पार्टीभित्र देखिएका समस्या समाधान गर्न सकिने अवस्था रहेको छ। चुनौतीका बाबजुद एमालेलाई अझ बलियो बनाउने सम्भावना रहेको उनको भनाइ छ। पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला पोखरेलले एकता र अनुशासनमा जोड दिएका हुन्।







