सुन र चाँदीको मूल्य घट्यो
Prime TV News १३ घण्टा अगाडि 
काठमाडौ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन प्रतितोला २ हजार १०० रुपैयाँले सस्तो भएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार २८५ रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनको असर नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।







