बालेन्द्र शाहको अभिव्यक्तिप्रति नेविसंघको विरोध, राजीनामा माग

User Image Prime TV News १२ घण्टा अगाडि
Image of बालेन्द्र शाहको अभिव्यक्तिप्रति नेविसंघको विरोध, राजीनामा माग

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति नेपाल विद्यार्थी संघले कडा विरोध जनाएको छ।

सोही विषयलाई लिएर काठमाडौंको त्रिचन्द्र क्याम्पस परिसरमा नेविसंघका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै उनको राजीनामा माग गरेका हुन्। विद्यार्थीहरूले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

प्रदर्शनकारीले सरकार र प्रधानमन्त्रीविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले आम नागरिकको भावनामा चोट पुगेको उल्लेख  गर्दै प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।