नेप्से परिसूचक घट्यो, बजारमा साढे ५ अर्बभन्दा बढी कारोबार

User Image Prime TV News ७ घण्टा अगाडि
Image of नेप्से परिसूचक घट्यो, बजारमा साढे ५ अर्बभन्दा बढी कारोबार

काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा पुगेको छ।

बजारमा १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको बढेको छ। त्यस्तै ११ कम्पनीको मूल्य स्थिर रहेको छ। सेन्सेटिभ इन्डेक्स पनि १.७७ अंकले घटेर ४७१.९९ विन्दुमा झरेको छ। १३ उपसूचकमध्ये ९ समूह घटेका छन् भने ४ समूह बढेका छन्।

आज बजारमा ३५१ कम्पनीका १ करोड २७ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजार घटे पनि केही कम्पनीमा भने सकारात्मक सर्किट लागेको बताइएको छ।