ककरोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको स्वागतमा विमानस्थलमा लागि भेला नहुन आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of ककरोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको स्वागतमा विमानस्थलमा लागि भेला नहुन आग्रह

काठमाडौ । ककरोच जनता पार्टी (सीजीपी) ले समर्थकहरूलाई पार्टीका संस्थापक अभिजित दिपकेको स्वागतमा विमानस्थलमा लागि भेला नहुन आग्रह गरेको छ ।

दिपके यही जुन ६ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम छ । सोही दिन सो पार्टीले दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ । एक परीक्षामा प्रश्नपत्र 'लिक' भएको विवादलाई लिएर सीजीपीले जुन ६ मा दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।

त्यसका लागि अमेरिकामा रहेका दिपके भारतका लागि प्रस्थान गरिसकेका छन् । ठूलो संख्यामा मानिसहरू भेला हुँदा विमानस्थलको कार्यसञ्चालनमा अवरोध पुग्न सक्ने भएकाले यस्तो आग्रह गरिएको सीजीपेले जनाएको छ ।

दिपकेले विमानस्थलबाट सिधै पार्लियामेन्ट स्ट्रिट प्रहरी स्टेसन पुगेर जुन ६ मा जन्तरमन्तरमा हुने प्रदर्शनका लागि व्यक्तिगत रूपमा अनुमति माग्ने योजना रहेको बताएका छन् । प्रदर्शनका लागि प्रहरीले अनुमति दिन्छ वा दिँदैन भन्ने विषय अझै अनिश्चित छ ।